प्रतितोला ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
१२ श्रावण २०८०, शुक्रबार १०:५८

काठमाडौं । साता कारोबारको अन्तिम दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सूनको मूल्य प्रतितोला ९ सय र चाँदीको ४० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँले घटेर १ लाख १२ हजार ६ सय रुपैयाँ कायम रहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँ कायम रहेको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख १२ हजार ९५० रुपैयाँ कायम भएको थियो ।
साथै, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।