साना सेयर लगानीकर्तालाई राहत, ५० लाखभन्दा कमको सेयर कर्जामा मात्रै घट्यो जोखिम भार

१२ श्रावण २०८०, शुक्रबार १३:२१

काठमाडौं । । ५० लाख रूपैयाँभन्दा कम सेयर धितो कर्जाको जोखिम भार एक सय प्रतिशत कायम गरिएको छ। राष्ट्र बैंकले शुक्रबार जारी गरेको परिपत्र अनुसार अब ५० लाख रूपैयाँभन्दा कम सेयर धितो कर्जाको जोखिम भार एक सय प्रतिशत कायम गरिएको छ।

चालु आर्थिक वर्ष २०८०÷८१ को लागि ल्याएको मौद्रिक नीतिको कार्यान्वयन गर्ने क्रममा एकीकृत निर्देशक संशोधनको लागि परिपत्र जारी गरेको हो। यसले साना सेयर लगानीकर्तालाई राहत दिने विश्वास गरिएको छ।

हाल, सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रूपैयाँसम्मको कर्जाको हकमा एक सय प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था छ।

 

के हो जोखिम भार ?

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप संकलन गरेर वित्तीय आवश्यक हुनेहरूलाई पुँजी दिन वित्तीय मध्यस्थताको कार्य गर्छन् । यस्तो कार्य गर्दा उक्त संस्थाको स्वपुँजी कति हो र उक्त पुँजीले कति व्यवसाय गर्न सक्छ भनी एक नियामक निकायको व्यवस्था गरिएको छ ।

कुनै बैंकसँग भएको स्वपुँजीले कतिसम्म व्यवसाय गर्नसक्ने भनेर राष्ट्रबैंकले जोखिम वर्गीकरण गरेको हुन्छ । जसलाई जोखिम भार भनिन्छ । कुन बैंकको जोखिम भारित सम्पत्ति कति छ भनेर मापन प्रणली नै जोखिम भार हो ।

नेपालको सन्दर्भमा नेपाल राष्ट्र बैंकले पुँजी पर्याप्तता फ्रेमवर्क २०१५, अनुसार बैंकहरूको कर्जा लगानीलाई विभिन्न वर्गीकरण गर्दै कर्जा जोखिम निकाल्न प्रयोग गर्ने प्रक्रिया नै जोखिम भार हो ।

जोखिम भार वृद्धिसँगै बैंकहरूले उक्त क्षेत्रमा कर्जा लगानी गर्न निरुत्साहित हुने भएका छन् । विद्यमान व्यवस्थाअनुसार राष्ट्र बैंकले गरेको वर्गीकरणअनुसार कर्जाको जोखिम भारको आधारमा कुल कर्जा जोखिम कति प्रशित छ भनेर निकालिन्छ ।त्यसको ११ प्रतिशत पुँजी पर्याप्तता अनुपात ९पुँजीकोष० अनुपात हुनुपर्ने हुन्छ । जसमध्ये न्यूनतम साढे आठ प्रतिशत स्वपुँजी अर्थात् प्राथमिक पुँजीकोष हुनपर्छ भने बाँकी साढे दुई प्रतिशत ऋणपत्र लगानीका अन्य औजारबाट व्यवस्था गर्न सकिन्छ ।

चार्टर्ड एकाउन्टेनसमेत रहेको नबील बैंकका महाप्रबन्धक मनोज ज्ञवाली बैंकहरूको सम्पतिको जोखिम नै जोखिम भार भएको बताउँछन् ।बैंकले जोखिमका आधारमा स्वपुँजी व्यवस्थापन गर्नुपर्ने भएकाले जोखिम भार बढी हुँदा बैंकको स्वपुँजीमा दबाब बढ्नेछ ।

उदाहरणका लागि कसैले मार्जिन प्रकृतिको सेयर धितो कर्जा एक करोड लियो । उक्त कर्जाको जोखिम भार १०० प्रतिशत हुँदा एक करोड नै कर्जा जोखिम भयो । साढे आठ प्रतिशत बैंकको प्राथमिक पुँजी र ११ प्रतिशत कुल पुँजीकोष हुनुपर्छ ।

अब उक्त कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पुर्‍याउँदा एक करोड मात्रै लगानी भएपनि जोखिम भार १५० प्रतिशत हुँदा कर्जा जोखिम एक करोड ५० लाख हुन जान्छ । कर्जा लगानी गर्न बैंकसँग एक करोड ५० लाखको साढे आठ प्रतिशत प्राथमिक पुँजीकोष र ११ प्रतिशत कुल पुँजीकोष हुनुपर्छ ।

यसले बैंकहरूलाई उक्त क्षेत्रमा कर्जा लगानी गर्न निरुत्साहित गर्ने बैंकर ज्ञवाली बताउँछन् । बैंकहरूले उक्त क्षेत्रमा कर्जा लगानी गर्दा ब्याजदरमा प्रिमियम बढी चार्ज गर्ने बैंकर ज्ञवालीको विश्लेषण छ ।यस्तो अवस्थामा पुँजीकोष व्यवस्थापन गर्न बैंकले तत्कालका लागि राष्ट्र बैंकले जोखिम भार बढाएको क्षेत्रमा कर्जा लगानी गर्न समस्या पर्ने देखिको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*