बीमा कम्पनीहरुले सम्पत्ति बीमा वापत पौने ८ अर्ब उठाए, कुन प्रदेशबाट कति ? (तथ्यांक सहित)

१३ श्रावण २०८०, शनिबार १०:००

काठमाडौं । हाल नेपालमा संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरु जेठ महिनासम्ममा सम्पति बीमालेखबाट पौने ८ अर्ब रुपैयाँ रकम उठाएका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले जेठ महिनासम्ममा ७ प्रदेशबाट कुल ४३ करोड ८१ लाख बीमालेखबाट कुल ७ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क आर्जन सफल भएका छन् ।

बीमा प्राधिकरणले सार्वजनिक गरेका वित्तीय तथ्याँकहरुमा बाग्मती प्रदेशको हिस्सा नै अग्रस्थानमा रहको छ ।
प्रत्येक जिल्लाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काठमाडौंमा मानिसहरु ओर्लने क्रम बढ्दो छ । जसको कारणले गर्दा बाग्मती प्रदेशमा अन्य प्रदेशको तुलनामा दोब्बरले बीमा ब्यवसाय हुने गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बाग्मति प्रदेशबाट जारी भएका १६ करोड ४४ लाख बीमालेखबाट कुल ४ अर्व ५९ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, दोस्रो नम्बरमा कोशी प्रदेश रहेको छ । बीमा कम्पनीहरुले यस प्रदेशबाट जारी भएका ६ करोड ९१ लाख बीमालेखबाट १ अर्ब १० करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसका साथै, लुम्बिनी प्रदेशबाट ७ करोड ३१ लाख बीमालेखबाट ८५ करोड २१ लाख रुपैयाँ, मधेश प्रदेशबाट जारी भएका ४ करोड २६ लाख बीमा लेखाबाट ७३ करोड ९४ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट जारी भएका ४ करोड ५५ लाख बीमालेखबाट ३७ करोड ४० लाख रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट जारी भएका २ करोड ८३ लाख बीमालेखबाट २१ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यसका साथै, जेठ महिनाससम्ममा सम्पत्ति बीमालेखबाट सबैभन्दा कम बीमाशुल्क कर्णाली प्रदेशले आर्जन गरेको छ । संघिय राजधानीदेखि टाढा रहेको र शैक्षिक, सामाजिक, आर्थिक रुपले पछाडी परेको यो प्रदेशमा बीमा क्षेत्रमा बीमा व्यवसाय विस्तार भएको छैन । समिक्षा अवधिमा यस प्रदेशबाट जारी भएका १ करोड ४८ लाख बीमालेखबाट कुल ७९ करोड ६५ लाख रुपैयाँ बीमा शूल्क आर्जन गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*