बीमा कम्पनीको शेयरमूल्यमा यो साता उच्च अंकको गिरावट (एलटीपीसहित)

१३ श्रावण २०८०, शनिबार १०:०४

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयरबजार ओरालो लागेको छ । शेयरबजार निरन्तर ओरालो लागेपछि जीवन तथा निर्जीवन बीमा कम्पनी उपसूचक क्रमशः १।८७ र १।२१ प्रतिशतले घटेको छ ।
जीवन बीमा

साता कारोबारको अन्तिम दिन जीवन बीमा सेक्टरका ७ वटै कारोबार भएका कम्पनीको शेयरमूल्य घटेको छ । बिहीबार लाइफ इन्स्योरेन्स कार्पाेरेशनको शेयर कारोबार सर्वाधिक १५१८ रुपैयाँमा भएको छ भने सर्वाधिक कम हिमालयन लाइफ इन्स्योरेन्सको ४७८ रुपैयाँमा भएको छ ।

त्यस्तै लाइफ इन्स्योरेन्स कार्पाेरेशनको शेयरमल्यमा सर्वाधिक २।७५ प्रतिशतको गिरावट आएको छ भने सर्वाधिक कम सानिमा रिलायन्सको शेयरमूल्यमा १।०८ प्रतिशतको गिरावट आएको छ ।

निर्जीवन बीमा

बिहीबार निर्जीवन बीमा अन्तर्गत कारोबारमा आएका सम्पूर्ण १२ वटै कम्पनीको शेयरमूल्य घटेको छ । बिहीबार प्रभु इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ३।२९ प्रतिशतले घटेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयरमूल्य ०।५३ प्रतिशले घटेको छ जुन सबैभन्दा कम प्रतिशतको गिरावट हो ।

सोही दिन राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार सर्वाधिक १५,८५६।७० रुपैयाँमा भएको छ । सर्वाधिक कम रुपैयाँमा कारोबार भएको कम्पनी आईजीआई प्रूढेन्सियल हो जसको शेयर ५५४।५० रुपैयाँमा भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*