हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारी संघले व्यवस्थापनलाई गरायो ध्यानाकर्षण

१२ श्रावण २०८०, शुक्रबार १७:५७

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी संघले व्यवस्थापनलाई ध्यानाकर्षण गराएको छ। कर्मचारी संघले आज एक विज्ञप्ती जारी गर्दै कम्पनीको व्यवस्थापन समूहलाई ध्यानाकर्षण गराएको छ।संघले कर्मचारी समायोजना गर्दा सहि व्यक्ति सहित ठाँउमा भन्ने मान्यताको आधारमा उपयुक्त मापदण्ड बनाई कार्यान्वयन गनुपर्नेमा सो नभई कर्मचारी विभेदपूर्ण तरिकाले भएको भन्दै कम्पनीलाई ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, उच्च व्यवस्थापनबाट अस्थिर निर्णय भएको सोको कारण कर्मचारीहरुको मनोबलमा गिरावट आएको जसको कारण आफनो जिम्मेवारी वहन गर्न असमर्थ भएको, सयुक्त कारोबार पश्चात कर्मचारीहरुले पाउने तलव भत्ता सुविधा र अन्य सेवा शर्तमा श्रम ऐन २०७४ विपरित विभेद गर्ने गरेको पाईएको, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कर्मचारी विनियमावली बनाउने कार्यमा ढिलासुस्ति भएको, कम्पनीको नयाँ बन्ने कर्मचारी विनियमावली बनाउंदा कर्मचारी संघको छलफल र सहमतीमा गरिनुपर्नेमा यस सम्बन्धमा हालसम्म यस संघलाई कुनै जानकारी उच्च व्यवस्थापनबाट प्राप्त नभएको, उच्च व्यवस्थापनबाट निर्देशित भएर प्रदेश प्रमुख, उप प्रदेश प्रमुख तथा शाखा प्रमुखहरुबाट साविक प्राइम लाइफ र साविक गुरास लाइफका तल्लो तहका कर्मचारीहरु प्रति गरिएका विभेदकारी र धम्किपूर्ण व्यवहार भएको भन्दै आज संघले ध्यानाकर्षण गराएको छ ।

नेपाल बीमा प्राधिकरणबाट मर्जर सम्पन्न गरी गाभिने प्रक्रियामा रहेको तर एकिकृत कारोबार सुरु नभएको समयमा कम्पनीमा कुनै पनि किसिमको आर्थिक भार हुने निर्णय नगर्नु हुन भनि नियमनकारी निकाएबाट निर्देशन भएकोमा साविकको युनियन लाइफको उच्च व्यवस्थापनले अपारदर्शी ढंगले आर्थिक भार हुने निर्णयहरु गरेकोमा, त्यसको छानविन गर्न समेत आग्रह गरेको छ ।

श्रम ऐन २०७४ बमोजिम प्रत्येक कर्मचारीलाई ट्रेड युनियन गठन गर्ने, सञ्चालन गर्ने, त्यस्तो युनियनको सदस्यता लिने वा सो युनियनमा आवद्ध हुने वा ट्रेड युनियन सम्बन्धी अन्य गतिविधिमा संलग्न हुने श्रम ऐनले प्रदत्त अधिकारलाई प्रतिकुल हुने गरि उच्च व्यवस्थापनबाट कर्मचारीहरुमा अनावश्यक निर्देशनहरु दिने गरेको पाईएको भन्दै कम्पनीलाई यस बिषयमा बिशेष ध्यानाकर्षण गराएको छ ।

साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघ बीच गत आिर्थक बर्ष २०७९ असार १९ गते गते प्रस्तुत २४ बुँदे मागका सम्बन्धमा एकिकृत कारोबार हुने मिति निश्चित भए पश्चात मागहरु सम्बोधन गर्नको लागि यस संघसँग छलफल गर्ने भनिएकोमा सो बखत तत्कालिन प्रमुख कार्यकारी अधिकृतसंग छलफल हुँदा कम्पनीहरु गाभिए पश्चात बन्ने प्रमुख कार्यकारी अधिकृतले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी भएकोमा आजका दिनसम्म पनि कुनै आवश्यक प्रक्रिया अघि नबढेकोले सो सम्बन्धमा समेत आवश्यक प्रक्रिया अघि बढाउन यस संघ जोडदार माग सहित ध्यानाकर्षण गराएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*