पहिरो खसेर अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा

१३ श्रावण २०८०, शनिबार १२:४१

पहिरो खसेर अवरुद्ध मुग्लिन(नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।

चितवनको इच्छाकामना गाउँपालिका(५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो।

सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक(पटक अवरुद्ध हुँदै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*