२५०० नेपालीलाई कोरियास्थित जहाज कम्पनीमा काम गर्न लैजादै, यही साउन २० गते खुल्दैछ आवेदन

१४ श्रावण २०८०, आईतवार १०:१४

काठमाडौं । दक्षिण कोरियाले नेपालबाट २५०० जना नेपाली कामदारलाई जहाज निर्माण सम्बन्धी कामको लागि लैजाने भएको छ । त्यसको लागि इपिएस कोरिया शाखाले नेपाली युवाहरुलाई यही साउन २० गतेबाट आवेदन खुल्ला गरेको छ । आज प्रकाशित सुचना अनुसार दुई हजार ५०० कामदार नेपालबाट कोरियास्थित जहाज निर्माता कम्पनीमा लगिने छ । सो प्रक्रियाको लागि असोज १ गतेदेखि भाषा परिक्षा सञ्चालन हुने इपिएस कोरियाले आज प्रकाशित गरेको सूचनामा जनाइएकोछ ।

कोरियाको जहाज कम्पनीमा काम गर्न जान चाहने नेपालीहरुले यही साउनको २० गतेदेखि २४ गतेसम्म आवेदन भर्न सकिने छ । आवेदन अनलाईनबाटै भर्नुपर्नेछ । इपिएस नेपालको वेब साइटमा लगइन गरेर फारम भर्न सकिने सूचनामा जनाइएको छ ।

आवेदन दिएकाहरुलाई असोज १ गते संख्याको आधारमा परिक्षा सञ्चालन हुनेछ । सो परिक्षामा उत्तिणर् भएका नेपालीहरुलाई कोरियामा लैजाने छ ।

आवेदन दिन चाहनेको योग्यता १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा सजाय नपाएको, गणतन्त्र कोरियामा गएर गैरकानूनी गतिविधिमा संलग्न नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा इ-९ र इ-९-१ भिषामा पाँच वर्षभन्दा कम अवधि बसेकोले आवेदन दिन पाउने छन् । सन् २०२३ को कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तीणर् भई सीप परीक्षा दिई बसेका व्यक्तिहरूलेसमेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्ने इपिएसले जनाएको छ ।

 

 

 

 

One thought on “२५०० नेपालीलाई कोरियास्थित जहाज कम्पनीमा काम गर्न लैजादै, यही साउन २० गते खुल्दैछ आवेदन

  1. Khem Raj Thapa magar says:

    Ma pahila Dubai gayera aako ho sir 3years experience xaa Pinter ma ma chahi Testo naramro kehi xaina

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*