१०० किलो सुन तस्करी प्रकरणमा होटल भियनामा छापा, एक जना पक्राउ
१४ श्रावण २०८०, आईतवार १२:५२

काठमाडौं । त्रिभुवन विमानस्थलको भन्सार पास भएर सिनामंगलमा समातिएको १०० किलो सुन प्रकरणमा राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा हान्दा एक जना पक्राउ परेका छन् ।हङकङबाट ल्याएको उक्त सुन नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग लिङ्क भएको पाइएपछि विभागले होटलमा छापा हानेको हो । उक्त होटलबाट दावा छिरिङ बताउने व्यक्तिसहित केही कागजपत्र समेत नियन्त्रणमा लिइएको स्रोतले दाबी गरेको छ ।
दावा पक्राउ परेसँगै सुन प्रकरणमा प्रक्राउ पर्नेको संख्या १९ पुगेको छ । साउन ३ गते हङकङबाट त्रिभुवन बिमानस्थलको भन्सार पास हुँदै नेपाल भित्रिएको सुन सिनामंगलबाट राजस्वको टोलिले बरामद गरेर अनुसन्धान गरिरहेको छ ।