सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बजेट छलफल कार्यक्रम सम्पन

१४ श्रावण २०८०, आईतवार १७:०६

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०।०८१ को बजेट छलफल कार्यक्रम सम्पन गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशमा साउन १२ र १३ गते गरी सो बजेट छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सहभागि रहेका कर्मचारी तथा अभिकर्ताले राखेका विचारहरुलाई आर्थिक वर्ष २०८०।०८१ मा समावेश गर्ने कम्पनीले जनाएको छ । यसका साथै, कार्यक्रम आयोजना पश्चात विभिन्न शाखामा कार्यरत कर्मचारी, सर्भेयर तथा अभिकर्ताहरुबीच सम्बन्ध समेत सुधार भएको कम्पनीले विश्वास गरेको छ ।

कम्पनीले आयोजना गरेको सो कार्यक्रममा कम्पनीका कर्मचारी, अभिकर्ता तथा सर्भेयरहरुको बाक्लो उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*