भ्रष्टाचारको फाइल खोल्दै जाँदा विभिन्न ठाउँबाट अवरोध आइरहेकाले सरकारलाई समर्थन र साथ आवश्यक छ: प्रधानमन्त्री

१५ श्रावण २०८०, सोमबार १०:५१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका थप फाइल खुल्ने बताएका छन् । हिजो काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानमा अहिले नागरिक तहबाट पाएको साथले सरकारको मनोबल बलियो भएकाले थप फाइल छिटै खुल्ने बताएका हुन् ।

उनले भने, ‘युवा तहबाट सरकारले अभियानमा जुन समर्थन पाएको छ, आउने दिनमा अरू फाइल खुल्दै जानेवाला छन् ।’ सरकारले भ्रष्टाचारका फाइल खुलाउँदै जाँदा विभिन्न ठाउँबाट अवरोध आइरहेकाले सरकारलाई समर्थन र साथ आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

आमनागरिकले साथ नदिइकन भ्रष्टाचारविरुद्धको यो लडाई सरकार एक्लैले जित्न नसक्ने भन्दै उनले सबैको सहयोगको अपेक्षा गरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार नागरिकको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील रहेको कार्यक्रममा बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*