घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
१५ श्रावण २०८०, सोमबार ११:००

काठमाडौं । साता कारोबारको दोस्रो दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सूनको मूल्य प्रतितोला ३ सय र चाँदीको ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ६ सय रुपैयाँ कायम रहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार ३५० रुपैयाँ कायम भएको थियो ।
साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।