सेफ्टी हेल्मेटसहित निर्माण व्यवसायीले दिए प्रधानमन्त्री निवास अगाडि धर्ना

१५ श्रावण २०८०, सोमबार १५:२५

काठमाडौं । नेपाल निमार्ण व्यवसायी महासंघले रकम भुक्तानी माग र म्याद थपसम्बन्धिको निर्णय विरुद्ध गरिरहेको आन्दोलनलाई अगाडि बढाउदै आज सोमबार बिहानै प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएका छन् ।

आर्थिक वर्ष सकिदा पनि ठूलो रकम भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले रकम निकासाको मागसहित धर्ना बस्दै विरोध जनाइरहेका छन् ।

उनीहरुले निर्माण कार्यको भुक्तानी तथा म्याद थप गर्नुपर्ने, ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, अव्यवहारीक माईलस्टोन र बीमा निर्देशिका २०७८ खारेज गनुपर्ने, सार्वजनिक खरिद ऐन, नियमावली संशोधन र उपभोक्ताबाट गराउने निमार्ण कार्य बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*