नेपाल रेमिट र कुवेतको अमान एक्सचेञ्ज कम्पनीबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

१५ श्रावण २०८०, सोमबार १६:१७

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र कुवेतको अमान एक्स्चेञ्ज कम्पनिबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यससँगै कुवेतमा रहेका नेपालीहरूलाई नेपाल रेमिट मार्फत नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र अमान एक्स्चेञ्ज कम्पनी डब्लु.एल.एल का तर्फबाट महाप्रबन्धक टाइटस डिडाकोज इनामाकेल ले हस्ताक्षर गरेका हुन् ।

नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

त्यस्तै, अमान एक्सचेन्ज कम्पनी कुवेतको एक अग्रणी एक्सचेन्ज कम्पनी हो । १६ सेप्टेम्बर १९७९ मा स्थापना भएको यस कम्पनीले कुवेतभर फैलिएका शाखाहरूका साथै प्राविधिक रूपमा उन्नत प्लेटफर्महरू मार्फत मुद्रा स्थानान्तरण र मुद्रा विनिमय सेवा प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*