नेपाल चामल तेल–दाल उद्योग संघको अध्यक्षमा दुगड निर्वाचित

१५ श्रावण २०८०, सोमबार १६:३४

काठमाडौं । नेपाल चामल तेल–दाल उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न निर्वाचनले २ वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

उनले यस अगाडि पनि २ कार्यकाल संघको अध्यक्ष भई नेतृत्व प्रदान गरिसकेका थिए । संस्थाको निवर्तमान अध्यक्षमा डा. सुबोध कुमार गुप्ता, प्रथम उपाध्यक्षमा राम थापा, द्वितीय उपाध्यक्षमा राहुल अग्रवाल, महासचिवमा दीपक कुमार पौडेल, उपमहासचिवमा धीरज गोल्छा, कोषाध्यक्षमा रतन लाल केडिया निर्वाचित भएका छन् ।

साधारणसभाले धान आयातमा १ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने माग गरेको छ । त्यस्तै भारत सरकारले चामल निर्यातमा रोक लगाएको हुँदा नेपालमा चामलको अभाव हुन नदिन उद्योगीले सरकारसँग मिलेर उचित व्यवस्था गर्न भारत सरकारसँग धान आयातको लागि पहल गर्ने संघले जनाएको छ । साथै, नेपालमा धानको उत्पादन बढाउन नेपाल सरकारको सहयोगमा सरकार, व्यवसायी र किसान मिलेर त्रिपक्षिय सम्झौतामा काम गर्न पहल गर्ने पनि संघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*