‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा

१६ श्रावण २०८०, मंगलवार १७:२८

काठमाडौं । केएल दुगड ग्रुपले ज्ञान ब्राण्ड अन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

क्याफेजा रिच रोस्ट ह्यान्डपिक गरिएको कफीबिनहरूबाट तयार गरिएको हो, जसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश छ, कफी प्रेमीहरूकालागि, ज्ञान क्याफेजा रिच रोस्ट कफी एक उत्कृष्ट रोजाई भएको विश्वास क्याफेजा रिच रोस्टले लिएको छ ।

उच्च गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधिका अनुभवी र कुशल विशेषज्ञहरूले कफीलाई विभिन्न विधिहरूको माध्यमबाट परीक्षण र उपभोगको लागि उत्कृष्ट प्रमाणित गरेको कुरा क्याफेजाले स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*