प्रभु इन्स्योरेन्स २८ औं बर्षमा प्रवेश, बीमित र लगानीकर्तालाई उचित प्रतिफल दिने कम्पनीको प्रतिवद्धता

१७ श्रावण २०८०, बुधबार १०:४८

काठमाडौं । प्रभु इन्स्योरेन्स २८ औ बर्षमा प्रवेश गरेको छ। कम्पनीले आफनो २७ औ बर्ष पूरा गरी २८ औ बर्षमा प्रवेश गरेको हो । कम्पनीले आज भन्दा २७ वर्ष पहिले अर्थात २०५१ साउन १७ गते निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । पाँच करोड रुपैयाँ पुँजिले सुरुवात गरेको कम्पनीको हालको चुक्ता पुँजि १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ।

एलायन्स इन्स्योरेन्स कम्पनीको नामबाट निर्जीवन बीमा ब्यवसाय शुभारम्भ गरेको यस कम्पनीलाई प्रभु समुहले लगानी गरे पछि नाम परिवर्तन गरि प्रभु इन्स्योरेन्स नाबाट कारोबार शुभारम्भ भएको हो । प्रभु समुहले खरिद गरे सँगै कम्पनीले आफना लगानीकर्ताहरुलाई नियमित रुपमा लाभांश दिँदै आएको छ ।

कम्पनीको सिईओ सञ्चित ब्रजाचार्यले बीमा क्षेत्रमा बीमितलाई छिटो र छरिटो सेवा प्रदान गर्ने, प्रविधिमैत्री, शाखा रहित सेवा प्रदान गर्ने र दाबी प्रकृयालाई सरलीकृत गर्दै लाने कुरामा विश्वस्त रहेको बताएका छन् ।

यस अवधिमा कम्पनीले एक पटक ४६ प्रतिशत र दोस्रो पटक ५० प्रतिशत हकप्रद मार्फत शेयरधनीहरु सँग ५० करोड ९१ लाख रुपैयाँ संकलन गर्दै हाल बीमा प्राधिकरणले दिएको पुाजि पुराउन भेञ्चर कम्पनी वा ६५ प्रतिशत हकप्रदको विकल्पमा रहेको छ । यसको अन्तिम विकल्प भने आउन सकेको छैन । कम्पनीको पहिलो सञ्चालक समितिको अध्यक्ष गोविन्द दास श्रेष्ठ थिए ।

विगत ५, ६ बर्षयताको तथ्यांकलाई हेर्ने हो भने अवधिमा कम्पनीले बीमा शुल्क आर्जनलाई दोब्बर बनाउन सफल भएको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहक, बीमा समिति, सरोकारवाला निकायहरु, शेयरधनीहरु, व्यवसायिक प्रतिष्ठनहरु एवं शुभचिन्तकहरु प्रति कृतज्ञता व्यक्त गरेको छ ।
साथै आगामी दिनहरुमा पनि सबैको हौसला, विश्वास र सहयोगको निरन्तरका लागि अपेक्षा गरेको छ । भोलिका दिनमा अझ सरल सुलभ ग्णस्तरीय एवं आधुनिक सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*