नयाँ बीमालेख लागू नभएसम्म समावेश नभएका पशुधनको बीमा नविकरण गर्न बीमकलाई प्राधिकरणको निर्देशन

१७ श्रावण २०८०, बुधबार १२:४३

काठमाडौं । पशुधन बीमा अन्तर्गतका विभिन्न प्रजातिको बीमा र नविकरण गर्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ । साउन १ गतेदेखि जारी गरेको पशुधन बीमालेखमा नसमेटिएका पशुधन बीमा अन्तर्गतका विभिन्न प्रजातिको बीमा र नविकरण गर्न आग्रह गरेको हो ।

बीमा कम्पनीहरुलाई हालको व्यवस्था अनुसार सुंगुर, बंगुर, खच्चड तथा पशुश्रमका लागि प्रयोग गरिने प्रजातिको बीमा जोखिम बहन हुने गरी बीमालेख नविकरण गर्न निर्देशन दिएको हो ।
प्राधिकरणले साउन १ गतेदेखि जारी गरेको पशुधन बीमालेखमा यी प्रजातीका पशु समेटिएको छैन । यी प्रजातिको पशुधनका लागि छुट्टै बीमालेख जारी नभएसम्मका लागी हाल प्रचलनमा रहेको पशुधन बीमालेख अन्तर्गत नै जोखिम समावेश हुने गरी बीमा गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

साउन १ गतेदेखि लागू हुने गरी कृषि तथा पशुपन्छी बीमा अन्तर्गत पशुपन्छी बीमा तर्फ पशुधन बीमालेख संशोधन गरिसकेको छ।
। नयाँ बीमालेख लागू नहुने बेलासम्म पशुधन बीमा अन्तर्गतका विभिन्न प्रजातिको बीमा र नविकरण गर्न प्राधिकरणले आग्रह गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*