सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ आजको कारोबार ?

१८ श्रावण २०८०, बिहीबार ११:०७

काठमाडौं । साता कारोबारको पाँचौं दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सूनको मूल्य प्रतितोला २ सय र चाँदीको ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेर १ लाख १२ हजार २ सय रुपैयाँ कायम रहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन सुनकोे मुल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको थियो ।

साथै, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*