निश्चित अवधिमा नसकेका आयोजनाहरुको बीमामा पुरानै व्यवस्था लागू गर्न बीमा प्राधिकरणको निर्णय

१८ श्रावण २०८०, बिहीबार ११:५३

काठमाडौं। समयमा आयोजनाको काम नसक्ने आयोजनाहरुको बीमामा पुरानै व्यवस्था लागू गर्न नियमनकारी निकायले बीमा प्राधिकरणले बीमकलाई निर्देशन दिएको छ।

नेपाल सरकारले समेत समयमा आयोजना नसकेका आयोजनाहरुलाई समय थप गर्ने बिषयमा प्रस्ताव गरेसँगै बीमा प्राधिकरणले समेत यसमा छुट दिएको हो । निर्माणाधीन वर्षौंदेखि अलपत्र सडक र पुलको ठेक्का सम्पन्न गर्न एक वर्ष म्याद थप भएको छ। समयमा सम्पन्न गर्न नसकेका आयोजनाहरु अलपत्र अवस्थामा रहेका आधाभन्दा धेरै आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई मौका दिन म्याद थप गरिएको हो।

सार्वजनिक खरिद नियमावलीका अनुसार म्याद गुज्रेका आयोजनामा एक वर्ष समय थपको व्यवस्था गरेको थियो। आयोजनाहरुको बीमाको रकम मात्रै बढ्दा लागत बढ्ने हुँदा यसमा छुट सुविधा दिएको बीमा प्राधिकरणले जनाएको छ ।

नेपाल सरकारबाट म्याद थप भएका आयोजनाहरुको हकमा समयावधिको लागि थप मात्र प्राधिकरणबाट मिनीमन प्रिमियम रेट फर नन टेरिफ इन्योरेन्स बिजनेश निर्देशिका जारी हुन भन्दा अगाडिको व्यवस्था अनुसार हुनेगरी पर्याप्त पुनर्बीमाको व्यवस्था गरी बीमा कम्पनीहरुले बीमालेख जारी गर्न सकिने व्यवस्था गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*