शिखर इन्स्योरन्स कम्पनी साईलेज उत्पादनको बीमालेख गर्ने पहिलो कम्पनी

१८ श्रावण २०८०, बिहीबार १७:१९

काठमाडौं ।  नेपालमा साईलेज बनाउन मिल्ने बाली र बालीबाट साईलेजको उत्पादनको बीमालेख निर्जिवन बीमा क्षेत्रको अग्रिण कम्पनी शिखर इन्स्योरेन्सले शुरू गरेको छ।

हरियो घाँसबाट पोषकत्तव र घाँसको मौलिक गुणहरू नष्ट नहुने गरी धेरै समयसम्म भण्डारण गरी हिउदमा वा कृषकको आवश्यकता अनुसार प्रयोग गर्ने हेतुको साथ हावा नछिर्ने गरी प्याकेजिङ्ग गरी राखीएको पशु आहारालाई साईलेज भनिन्छ ।

साईलेजको गुण धेरै र मुल्य पनि कम भएको कारण कृषि लागत कम गर्ने हेतुका साथ नेपालमा साईलेजको सम्भावना र माग समेत धेरै छ। हाल नेपालबाट उत्पादन र प्याकेजीङ्ग गरी अन्तराष्टिय बजार समेत बनाउन सकेको साईलेजको अब बीमा गर्न सकिने भएको छ ।

साईलेज बीमाले साईलेज बनाउन लगाईने बालीको लागत मुल्यको आधारमा सुरक्षण गर्दछ भने कृषकले सिलो झोला, सिलो पिट वा ड्रम जस्तो बिधिबाट भण्डारण गरी साईलेज बनाउने प्रकृया सुरू गरे पश्चयात सो भण्डारणको समेत बीमा गर्न मिल्ने व्यवस्था गरीएको छ ।

शिखर इन्स्योरेन्स कम्पनी लि का रिसर्च एण्ड डेभलपमेन्ट बिभागका प्रमुख महाप्रबन्धक उदित प्रसाद काफ्ले अनुसार नेपाली माटोको उत्पादन सुरक्षण गर्ने र नेपालीको जोखिम पहिचान गर्दै आवश्यकता अनुसारको बीमालेखहरू बजारमा ल्याउने उदेश्य सहित यस कम्पनीले साईलेज बाली बीमालेख सुरू गरेको हो ।

साथै कम्पनीका बजार बिभागका बरिष्ठ महाप्रबन्धक पुष्कर महतको अनुसार नेपाल सरकारले प्रशोधित घाँसको व्यावसायिक उत्पादन र निर्यातका लागि बाटो खुला गरिदिए पनि घाँस उत्पादकहरूले भने निर्यात गर्न पर्याप्त घाँस नभएको बताउदै आएका छन् । हाललाई नेपाल बीमा प्राधिकरणबाट स्वीकृत यस बीमालेखले साईलेज उत्पादकको जोखिमहरूको पहिचान गरी कृषकलाई निर्धक्क रूपमा घाँसखेतीमा लगानी गर्न प्रोत्साहन बद्ने हामीले बिश्वास लिएका छौ ।

नेपालमा कृषि बीमामा बिकाश र कम्पनीबाट जारी बीमालेखको बमोजिम परेका दाबी, दावीको व्यवस्थापन र फर्छौट गरेको आधारमा नेपाल सरकार कृषि विभाग र विश्व खाद्य संघठनले ४२ औं विश्व खाद्य दिवसको अवसरमा कृषि बीमा र दाबी फर्छ्यौट गर्ने उत्कृष्ट बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्सलाई सम्मान समेत गरिएको थियो ।

One thought on “शिखर इन्स्योरन्स कम्पनी साईलेज उत्पादनको बीमालेख गर्ने पहिलो कम्पनी

  1. राम दरेश यादव says:

    साईलेज बीमा गर्न के के बिधि गर्नुपर्छ खुलाईदेको भए हुन्थय

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*