सामाखुसीमा नालाबाट बेपत्ता भएका बालक मृत अवस्थामा फेला

१८ श्रावण २०८०, बिहीबार १९:०६

सामाखुसीमा नालाबाट बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्।बिहीबार दिउँसो ३ बजे १३ वर्षीय बालक साजन मगर दक्षिणकाली नगरपालिका(७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार मृतकको शव सनाखत भइसकेको छ। मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो। प्रहरीका अनुसार मुचुल्का सकेर पोष्टमर्टमको लागि शव टिचिङ अस्पतालमा लगिएको छ।

मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विभिन्न टोलीले खोजी गरिरहेको थियो। तर फेला पर्न सकेका थिएनन्। बिहीबार भने शव नदी किनारमा फेला परेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*