महासंघ नेतृत्वको १०० दिन: भिजन पेपर तयार, स्वदेशी लगानीको वातावरण बनाउने प्राथमिकता

१८ श्रावण २०८०, बिहीबार १९:३८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको पहिलो प्राथमिकता अर्थतन्त्रमा सुधार ल्याउने पक्ष रहेको देखिएको बताए्रका छन् ।

महासंघको नयाँ कार्यकारिणी समितिको १०० दिनमा सम्पन्न गतिविधिबारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ढकालले आफूहरुको पहिलो प्राथमिकता अर्थतन्त्रमा सुधार ल्याउने नै रहेको बताएका हुन्। ‘अर्थतन्त्र जटिल अवस्थामा पुगेका बेला हामीले कार्यभार सम्हालेका छौँ’, उनले भने, ‘वार्षिक रुपमा तुलना गर्दा अर्थतन्त्र मन्दीमा गइसकेको छ। मूलतः कोभिडपछिको तीव्र सुधारको व्यवस्थापन गर्न नसक्दा हामी समस्यामा फसेका हौँ।’

निजी क्षेत्र उपेक्षित हुँदा सरकार र सर्वसाधारण सबैलाई मन्दीले छोएको अध्यक्ष ढकालको भनाइ छ। ‘सरकारको राजश्व करिब १३ प्रतिशत घटेको छ भने पछिल्लो वर्षभरि नै ७ प्रतिशत हाराहारी मूल्यवृद्धि रह्यो’, उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता अर्थतन्त्रमा सुधार ल्याउने नै थियो र छ पनि।’

‘यस परिप्रेक्षमा महासंघको पहिलो कार्यकारिणी समितिको बैठकबाट आफ्नो प्राथमिकता सार्वजनिक गरेका थियौँ’, उनले भने।

अध्यक्ष ढकालका अनुसार महासंघको पहिलो प्राथमिकता भनेको वर्तमान आर्थिक संकट समाधानका लागि पहल गर्ने रहेको छ। ‘स्वदेशी एवं विदेशी लगानीको वातावरण बनाउने महासंघको प्राथमिकतामा रहेको छ’, उनले भने, ‘राज्य र निजी क्षेत्रबीचको सार्वजनिक निजी साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान सुनिश्चित गर्ने महासंघको प्राथमिकता रहेको छ।’

निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न नसके अर्थतन्त्रमा सुधार सम्भव नरहेको पनि अध्यक्ष ढकालले प्रस्ट पारेका छन्। ‘अर्थतन्त्र जटिल अवस्थामा छ। निजी क्षेत्रले निर्वाध काम गर्न सकेन भने यसमा सुधार सम्भव छैन’, उनले भने, ‘नीति निर्माताहरुले यो बुझेका पनि छन्। तर, व्यवहारमा निजी क्षेत्रलाई अत्याउने काम भइरहेको छ।’
100 day’s Speech

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*