नेपाल इन्स्योरेन्स र प्रभु इन्स्यारेन्सलाई नेपाल बीमा प्राधिकरणले सोध्यो स्पष्टिकरण

१९ श्रावण २०८०, शुक्रबार १२:०२

काठमाडौं। नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स र प्रभु इन्स्यारेन्स कम्पनीलाई पुँजि पुराउने बारे सपष्टिकरण सोधेको छ। सबै बीमा कम्पनीहरुले पुँजि पुराउने अन्तिम विकल्पमा पुगेपनि यी दुई कम्पनी भने अझै अन्यौलतामा रहेको कारण बीमा प्राधिकरणले यी दुई कम्पनीलाई सपष्टिकरण सोधेको हो ।

प्रभु इन्स्योरेन्स कम्पनी भेञ्चरमा जाने वा हकप्रद शेयर जारी गर्ने भन्ने बिषयमा अन्न्यौल रहेको छ । हालसम्म प्राधिकरणमा दुबै प्रस्ताव कम्पनीले पेश गरेका छन् । तर अन्तिम विकल्प के हो भन्ने बिषयमा कुनै टुंगो नदिएको बीमा प्राधिकरणले जनाएको छ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले भने आफनो साख जोगाउन सम्पत्ति बेचेर पुँजि पुराउने प्रस्ताव पेश गरेपनि कम्पनीको जग्गा बिक्रि नभएपछि पुन बिक्रिमा राखेको छ । जुन बिषयको जानकारी बीमा प्राधिकरणमा दिइसकेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको सम्पत्ति घरजग्गा बिक्री गर्ने भएको छ । इन्स्योरेन्सको आफ्नो स्वामित्वमा रहेका ४ वटा जिल्लाका घर र जग्गा लिलामीमा बिक्री गर्ने भएको हो ।इन्स्योरेन्स कम्पनीले काठमाडौं, मोरङ्ग, पर्सा र चितवन जिल्लाका ४ वटा ठाउँको घरजग्गा बिक्री गर्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*