पत्रकार हरिप्रसाद रिजालको निधन
१९ श्रावण २०८०, शुक्रबार १३:०९

काठमाडौं । आर्थिक दैनिकका पत्रकार हरिप्रसाद रिजालको बिहीबार राति नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
उनलाई ह्रदयघात भएपछि राति नै उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । रिजालको नर्भिक अस्पतालमै उपचारको क्रममा निधन भएको हो । रिजाल आर्थिक राष्ट्रिय दैनिकका प्रशासन प्रमुख तथा पत्रकार महासंघ काठमाडौं शाखाका साधारण सदस्य समेत थिए । रिजाल आर्थिक दैनिकका अध्यक्ष प्रल्हाद रिजालको साइलो भाइ हुन् ।
धादिङ घर भएका रिजालको उमेर ४३ वर्ष रहेको थियो । रिजालको शुक्रबार बिहान काठमाडौंको पशुपतिमा दाहसंस्कार गरिएको छ । स्व. रिजालका ३ वर्षिया एक छोरी तथा एक श्रीमती छन् ।












