सुनको मूल्य बढ्यो चाँदीको स्थिर, कतिमा हुँदैछ आजको कारोबार ?

२१ श्रावण २०८०, आईतवार ११:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन चाँदीको मूल्य स्थिर रहदा सुनको मूल्य भने प्रतितोलामा ३ सय रुपैयाँले बढेको छ ।

शुक्रबार स्थिर रहेको छापावाला सुन आज प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको जानकारी नेपाल सूनचाँदी व्यवसायी महासंघले दिएको छ । सोही सुन शुक्रबार भने १ लाख ११ हजार ६५० रुपैयाँमा भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोलामा १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*