सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?

२२ श्रावण २०८०, सोमबार ११:००

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भैरहेको छ ।

कारोबारको अघिल्लो दिन छापावाला प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँम र तेजावी सुनको मूल्य प्रतितोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*