याम्बलिङ हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

२२ श्रावण २०८०, सोमबार ११:३०

काठमाडौं । याम्बलिङ हाइड्रोपावर लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले भदौ १३ गते बुधबार होटेल हार्दिकमा साधारणसभा बोलाएको हो ।

सभाले कम्पनीको तर्फबाट कार्यकारी अध्यक्षले पेश गर्नु हुने आर्थिक वर्ष २०७९।८० को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने भएको छ ।
यसका साथै, सभाले आर्थिक वर्ष २०७९।८० को लेखापरिक्षण प्रतिवेदन तथा वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने छ ।

सभाले कम्पनीको आव २०८०।८१ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*