राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दोलित, कर्मचारी बिनियमावलीको लागि संघर्ष

२२ श्रावण २०८०, सोमबार १९:३४

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरु विगत २२ दिनदेखि आन्दोलनमा रहेका छन् । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरु कर्मचारी विनियमावली तत्काल लागू गर्नुपर्ने मागसहित सेवा सुविधाको प्रत्याभुति गराउनुपर्ने माग राखेर आन्दोलनरत रहेका हुन् ।

आर्थिक बर्ष २०८० साउन १ गतेबाट कर्मचारी विनियमावली पूर्ण कार्यान्वयनमा ल्याउने सहमति भएपनि कार्यान्वयनमा व्यवस्थापनले चासो नराखेको भन्दै कर्मचारी संघले असन्तुष्टी जनाउदै आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।
कम्पनी संचालक समिति र आम कर्मचारीबीचको द्वन्द्व हुँदा काम कारबाही समेत प्रभावित बनेको छ । कार्यलयबाट संचालन भैरहेका अधिकांश सेवाहरु ठप्प रहेका छन् । बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाले समेत उनीहरुको आन्दोलनलाई ऐक्यबद्धता जनाएको छ । संघले साउन १५ गते एक विज्ञप्ती जारी गर्दैै उनीहरुको आन्दोलनाई ऐक्यबद्धता दिएको हो ।

कम्पनी संचालक समितिले आन्दोरत रहेका कर्मचारीहरुलाई सहमतिका लागि हिजो (साउन २१गते) बोलाएको भएतापनि वार्ता नभएको संघर्षरत कर्मचारीहरुले जनाएका छन् ।

राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघका अध्यक्ष डम्बर देव अधिकारीले आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी रहने बीमापोष्टलाई जानकारी दिए । अध्यक्ष अधिकारीले आफु सधैं कम्पनीले देशभरी सञ्चालन रहेका सम्पुर्ण कर्मचारीहरुको हकहितमा आवाज उठाइरहने बताए । कम्पनीका कर्मचारीहरुले सधै कम्पनीको हकहित र बीमा व्यवसाय बृद्धिको लागि अवरत्र खटिरहँदा पनि आफुहरुले कर्मचारी विनियमावली मार्फत प्रदान गरिने सेवा सुविधा समेत नपाउँदा आन्दोलन गर्न बाध्य भएको बताए ।

आन्दोलनरत कर्मचारीहरुले कम्पनीको बीमा व्यवसायमा गिरावट आएको खण्डमा त्यसको जिम्मेवारी समेत सञ्चालक समितिले लिनुपर्ने चेतावनी दिएका छन् ।

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*