काठमाडौंभित्रै भिषण बाढी, कपन–अनामनगर–बल्खु सबैभन्दा धेरै प्रभावित

२३ श्रावण २०८०, मंगलवार ०८:०६

काठमाडौं । अविरल वर्षाका कारण राजधानी काठमाडौ उपत्यकाका तीन वटै जिल्लाहरु प्रभावित भएका छन् । बाढीबाट काठमाडौंको कपन, अनामनगर तथा बल्खु आसपासका क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको छ ।

बाढीका कारण कपन क्षेत्रका कैयौं घरहरु डुबानमा परेका छन् भने सडक समेत अबरुद्ध हुने पुगेको छ । बाढीका कारण कपनदेखि अनामनगर बिजुलीबजारसम्म आउने करिडोरको सडक अबरुद्ध हुन पुगेको छ ।

बाढीले सिंहदरवार नजिकै रहेको अनामनगर समेत डुब्न लागेको छ । बाढीका कारण बल्खुको फलफुल बजार नजिकैको गोदाम समेत प्रभावित भएको छ । काठमाडौं उपत्यकामा रहेका मनोहरा खोला, विष्णुमति खोला, शेषमति खोला, र मुख्य नदि बागमति खोलामा बाढी आएको छ ।

बाढी पूर्वानुमान महाशाखाले काठमाडौंको मनाहरा खोलाको पानीको सतह चार मिटर भन्दा माथि पुगेको उल्लेख गर्दै ११ बजेसम्म सतर्कमा रहन आग्रह गरेको छ ।
बाढीका कारण भौतिक सम्पत्ति नष्ट गर्ने तथा सवारी साधनमा क्षति पुग्न गएकोले बीमा कम्पनीहरुमा दावीको चाप बढ्ने देखिएको छ ।

उता, बाढीका कारण राजधानी बाहिरका कैयौं स्थानमा सडक अबरुद्ध हुने तथा सवारी साधन तथा घर र भवनहरुमा क्षति पुग्न गएकोले निर्जिवन बीमा कम्पनीहरुमा यसको असर पर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*