सुपरमाई हाइड्रोपावरको अधिकांश सूचकमा गिरावट

२३ श्रावण २०८०, मंगलवार १०:०१

काठमाडौं । सुपरमाई हाइड्रोपावरको अधिकांश सूचकमा गिरावट आएको देखिएको छ । कम्पनीले समिक्षा अवधिमा ५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५५ प्रतिशत कम हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको प्रकाशित विवरणले देखाएको छ ।

कम्पनीले असार मसान्तसम्म विद्युत बिक्रीबाट २१ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट २४ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले समीक्षा वर्षमा कम्पनीको ११.५३ प्रतिशतले घटेको छ ।

५० करोड रुपैयाँ चुक्तापुँजी रहेको सुपरमाई हाइड्रोपावरको अन्य इक्विटीमा ५५ करोड ४५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ५२ करोड ३० लाख रुपैयाँ थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस ११.०६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११०.९१ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*