ललिता निवास जग्गा प्रकरणबारे स्विट्जरल्यान्ड पुगेर माधव नेपालले दिए स्पष्टीकरण

स्विट्जरल्यान्डबाट माधव नेपालले भने, ‘नबिराउनु, नडराउनु । मैले केही बिराएको छैन ।’
२३ श्रावण २०८०, मंगलवार १६:५३

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अदालतले माधव नेपालसहित बाबुराम भट्टराईमाथि पनि अनुसन्धानको आदेश दिएको भोलिपल्टै स्विट्जरल्यान्ड उडेका माधव नेपालले स्पष्टीकरण दिएका छन् ।

उनले स्विट्जरल्यान्ड पुगेर ‘नबिराउनु, नडराउनु । मैले केही बिराएको छैन । बदमासी गरेको छैन । मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टर प्लान अघि बढाउने पक्षमा निर्णय गरेको हँु’, भन्दै स्पष्टीकरण दिएका छन् ।

सो प्रकरणमा कसैलाई पनि उन्मुक्ति दिन नहुने भन्दै सर्वाेच्चको आइतबारको निर्णयमा आफूले कुनै प्रतिक्रिया नदिने नेपालले जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*