एनएलजी इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

२४ श्रावण २०८०, बुधबार १०:३०

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च इन चार्ज र अफिसरमा केही संख्याले कर्मचारी माग गरेको हो ।

साथै,  कम्पनीले अफिसर अन्डरराईटरमा २ जनालाई रोजगार खुलाएको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नातकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी साउन ३२ गतेभित्र कम्पनी कार्यालयमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*