पोखरा फाइनान्सले यी खाताहरु बन्द गर्ने, यस्तो छ कारण

२४ श्रावण २०८०, बुधबार ११:३५

काठमाडौं । पोखरा फाइनान्सले कारोबार नभएका खाताहरु बन्द गर्ने भएको छ । फाइनान्सले एक सूचना जारी गर्दै दश बर्षदेखि शुन्य मौज्दात रही कारोबार नभएका खाता बन्द गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम विभिन्न समयमा संस्थाको विभिन्न शाखामा खाता खोलि विगत १० वर्षदेखि शुन्य मौज्दात रही कारोबार नभएका खाताहरु बन्द गर्ने संस्थाले जनाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*