जानकी फाइनान्सको अधिकांश सूचकहरुमा सुधार हुदा ईपीएस कति ?

२४ श्रावण २०८०, बुधबार १२:१७

काठमाण्डौ । जानकी फाइनान्स कम्पनीले ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको विवरण अनुसार संस्थाले अघिल्लो वर्ष यही अवधिसम्ममा ११ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

समिक्षा अवधिमामा कम्पनीले ४ करोड ८१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म कम्पनीले १२ करोड २२ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो । त्यस्तै, यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी सामान्य घटेर १६ करोड ८ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १६ करोड ७३ लाख रुपैयाँ थियो ।

चुक्तापुँजी ६० करोड ४ लाख रुपैयाँ रहेको कम्पनीले चौथो त्रैमाससम्म ३ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा कम्पनीले ३ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ७० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ०.६० रुपैयाँ कायम भएको छ । गत वर्ष यही अवधिसम्म ईपीएस १६.३४ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.९४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*