एमएम प्लाष्टिक उद्योगमा आगलागी, साढे २ अर्बमाथिको क्षति , नेशनल इन्स्योरेन्समा बीमा दाबी पर्ने

२४ श्रावण २०८०, बुधबार १२:५८

काठमाडौं । विराटनगर महानगरपालिका १४ मा रहेको एमएम प्लाष्टिक उद्योगमा आगलागी हुँदा साढे २ अर्बमाथिको क्षति हुने अनुमान गरिएको छ। कम्पनीको बीमा नेशनल इन्स्योरेन्स कम्पनीमा छ । कम्पनीमा साढे २ अर्ब माथिकोक्षति हुने अनुमान गरिएको कम्पनीका निर्देशक सिजन प्याकुरेलले बीमापोष्टलाई बताएका छन् ।

कम्पनीको गोदाम एरियामा भने आगलागीले क्षति नभएको प्लाष्टिकका सामग्री उत्पादन गर्दै आएको उद्योगको तीन तले भवनको भुईं तलामा रहेको ‘यूपीएस रूम’मा आगलागी भएको उनले जानकारी दिएका छन् । हिजो राति करिब १ बजे भएको आगलागी भएको थियो ।

प्लाष्टिकका सामग्री उत्पादन गर्दै आएको उद्योगको तीन तले भवनको भुईं तलामा रहेको ‘यूपीएस रूम’मा आगलागी भएको प्रहरीले बताएको छ । आगलागीका कारण उपकरणहरु जलेका छन् ।मोरङ प्रहरीले इन्भटरको ब्याट्री सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।नेपाल प्रहरी र विराटनगर महानगरपालिकाबाट गएका दुईवटा दमकलले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

ब्याट्री पड्किएर आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको देखिएको प्रहरीले बताएको छ । कम्पनीले सर्भेयर पठाएपछि मात्रै एकिन रिर्पोट आउने छ । सो वापत क्षतीको रकम बीमा दाबी मार्फत कम्पनीले सुरक्षण गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*