अब मासिक १ सय रुपैयाँमा नै डिसहोम हेर्न पाइने
२४ श्रावण २०८०, बुधबार १३:४६

काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।
अव डिसहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र १०० रुपैयाँमा डिसहोमको टिभी हेर्न पाउने छन् । डिसहोम फाईवरनेटको नयाँ जडानमा डिसहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने कम्पनीले जनाएको छ । यस्तै यो अफरको लाभ पहिले देखि डिसहोम टिभी मात्र प्रयोग गरि रहनुभएका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सकिने भएको छ ।
कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एचडी च्यानलसहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सकिने भएको छ ।












