सुनचाँदीको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ आजको कारोबार ?

२५ श्रावण २०८०, बिहीबार ११:०४

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७ सय र चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ३ र तेजावी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भैरहेको छ ।

कारोबारको अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख १२ हजार र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज नेपाली बजारमा चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*