सुनचाँदीको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ आजको कारोबार ?
२६ श्रावण २०८०, शुक्रबार ११:०३

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय र चाँदी ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर १ लाख ११ हजार १ र तेजावी सुनको मूल्य १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भैरहेको छ ।
कारोबारको अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ३ र तेजावी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज नेपाली बजारमा चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भैरहेको छ ।












