बरुण हाइड्रोपावरको खुद नाफा ३४१ प्रतिशतले बृद्धि, ईपीएस कति ? 

२६ श्रावण २०८०, शुक्रबार ११:३५

काठमाडौं । बरुण हाइड्रोपावरको खुद नाफामा बृद्धि देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार समिक्षा अबधिमा कम्पनीको खुद नाफा ३४१।६४ प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत ७ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५।१९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री गरी ९ करोड ३९ लाख रुपैयाँ कमाएको थियो ।

विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको गैर सञ्चालन मुनाफा उल्लेख्य बढेपछि खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको गैर सञ्चालन आम्दानी २९७।३८ प्रतिशत बढेर १ करोड ८० लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ १४ पैसा बढेर २ रुपैयाँ ९ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११९।१२ गुणा रहेको छ।

कम्पनीको ५३ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । यस कम्पनीको जगेडा कोषमा ६ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*