काठमाडौंमा करोडौं नक्कली नोट भित्रिएको आशंका, टुरिष्ट बसभित्र भेटियो आधा करोड

२६ श्रावण २०८०, शुक्रबार १५:१९

काटमाडौं । प्रहरीले काठमाडौंको नागढुंगा, नयाँबसपार्कबाट ५३ लाख नक्कली रुपैयाँ र भक्तपुरबाठ ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको छ ।

बिहीबार लुम्बिनीबाट काठमाडौंतफै आउदै गरेको हरियो नम्बर प्लेट भएको पर्यटक बस नागढुंगामा चेकजाँच गर्ने क्रममा उक्त रकमको नक्कली नोट बरामद गरेको हो । चेकजाँचको क्रममा बसको डिक्कीमा चाउचाउको कार्टुनमा लकाएर ल्याइदै गरेको अवस्थामा एक हजार दरका तीन हजार ६७३ थान नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।

बसका चालक तथा सहचालकलाई प्रहरीले सोधपुछ गर्दा उक्त कार्टुन लुम्बिनी बसपार्कबाट अचार भनेर पठाएको बताएका थिए । सोही आधारमा खोजतलास गर्ने क्रममा गोंगबु बसपार्क र भक्तपुरका ४० वर्षिय अर्जुन सुवेदीको डेरामा छापा मार्दा थप १७ लाख २ हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो ।

प्रहरीले उक्त डेराबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार थान स्कुटरसमेत बरामद गरेको छ । प्रहरीले नक्कली नोट कारोबारमा संलग्न भएको आशंकमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपालीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*