बीमा निर्देशिका २०७८ खारेज गर्न माग गर्दै निर्माण व्यवसायी महासंघ सडक आन्दोलनमा

२८ श्रावण २०८०, आईतवार १२:३२

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ अहिले सडक आन्दोलनमा छ। सरकारले आफना मागहरु सम्बोधन नगरेको र बीमा निर्देशिका २०७८ मा आफना मागहरु सम्बोधन नगरेको भन्दै बीमा एने खारेज गर्न निर्देशन समेत दिएको छ।

बीमा प्राधिकरणले आयोजनाका कामहरु समयमा नसकिदा पनि बीमा ऐनको दुप्रयोग गर्दै आफना मागहर सम्बोधन नगरेको भन्दै उक्त ऐन खारेज गर्न माग गरेको महासंघले जनाएको छ। कम्पनीहरु मुनाफामा मात्रै केन्द्रित हुँदा यस्तो समस्या देखिएको महासंघको भनाई छ । आफना मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् ।

त्यस्तै, सरकारले निर्माण सम्पन्न भएका आयोजनाको रकम भुक्तानी नदिएको भन्दै उनीहरु आन्दोलनरत छन्। सरकारलाई विभिन्न चरणमा भुक्तानी दिन आग्रह गरेको उक्त आग्रहलाई बेवास्ता गरेको भन्दै निर्माण व्यवसायीले धर्ना कार्यक्रम गरेर विरोध जनाएका थिए।त्यसबाट पनि सरकार आफ्ना मागमा कुनै सम्बोधन नगरेको भन्दै केही दिनदेखि व्यवसायीहरु सडक आन्दोलनमा छन्। निर्माण व्यवसायीको यो आन्दोलनलाई भारतीय निर्माण व्यवसायीहरुको संस्थाले समेत समर्थन गरेको छ।

व्यवसायीहरूको अर्बौँ रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागु हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखी साउन १४ देखि निरन्तर आन्दोलनमा छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*