निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४० अर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)

२८ श्रावण २०८०, आईतवार १६:४५

निर्जिवन बीमा कम्पनीहरुले असारमसान्तसम्म्मा ४० अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्ने सफल भएको छ।

निर्जिवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा २७ लाख ९२ हजार ५ सय १३ बीमालेख जारी गरेर ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ कु बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।

शिखर इन्स्योरेन्स कम्पनीले नै यस बर्ष पनि अग्रस्थान ओग्ट्न सफल भएको छ। कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएकोछ ।

दोस्रोमा सगरमाथा लम्बिनी इन्स्योरेन्सले ४ अर्ब ५८ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रोमा सिद्धिार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४२ करोड ६८ लाख कुल बमिा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, युनाईटेड इन्स्योरेनस कम्पनीले ३ अर्ब ४१ रुपैयाँ, आइजिआई प्रुडेन्सियलले ३ अर्ब ३८ करोड, हिमालयन एभरेष्टले ३ अर्ब ३५ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ९२ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४० करोड, सानिमा जिआइसीले २ अर्ब ३२ करोड, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ३१ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ६५ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ४९ करोड र नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ बीमा व्यवसाय गर्न सफल भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*