सुनको मूल्य बढ्यो चाँदीको स्थिर, कतिमा हुँदैछ आज कारोबार ?
२९ श्रावण २०८०, सोमबार ११:११

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार सु्नको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य सोमबार १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिनपनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।












