चाँदीको मूल्य बढ्दा सुन स्थिर, कतिमा हुँदैछ आज कारोबार ?

३० श्रावण २०८०, मंगलवार १०:४६

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्यमा स्थिरता आएसँगै चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै, आज मंगलबार तेजावी सुन प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनपनि यही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३८० पैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*