नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज काठमाडौंस्थित विमानस्थलमा अवतरणमा समस्या, ह्वील लक हुँदा उडान र अवतरण नै प्रभावित

३० श्रावण २०८०, मंगलवार १७:५२

काठमाडौं । १५० भन्दा बढि यात्रु लिएर भारतको नयाँदिल्लीबाट काठमाडौं आएको एयर इण्डियाको उडान नं २१५ को भिटी इएक्ससी दर्ता नम्वरवको एयरबस ३२० जहाज अवतरणको क्रममा ह्वील लक भएर समस्यामा परेको छ । आज अपरान्ह काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणको क्रममा समस्यामा परेको थियो ।

अपरान्ह १ः०८ मा भारतको नयाँदिल्लीबाट काठमाडौंको लागि उडेको सो जहाज अपरान्ह २ः५५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । तर, आवश्यकभन्दा बढि उचाईमा आएको सो जहाज धावनमार्गमा टच डाउन गरिसकेपछि ह्वील लक हुन पुगेको थियो ।

ह्वील लक भएको सो जहाजलाई हटाउन केही घण्टा विमानस्थलमा निकै ठूलो तनाव उत्पन्न भएको थियो । काठमाडौं आउँदै गरेका अन्य जहाजहरु होल्डमा भएर अल्झिएका थिए ।

धावनमार्ग अवरुद्ध भएपछि बुद्ध एयर, यति एयर, श्रीयरका जहाजहरु आकाशमै होल्ड भएका थिए । त्यस्तै, भारतबाटै आएको इण्डिगो, भिस्तारा एयर र कतार एयरका जहाजले आकाशमा होल्ड हुनु परेको थियो ।

पछि विमानस्थल कार्यालयले धावनमार्गमा अल्झिएको सो जहाजलाई तानेर ट्याक्सी वेमा ल्याएपछि धावनमार्ग खुलेको छ । घटनाको कारण खुलेको छैन । सो जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*