५० लाख अनौपचारिक तथा स्वरोजगारलाई सामाजिक सुरक्षा योजना

३१ श्रावण २०८०, बुधबार १२:३४

काठमाडौं । अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारका व्यवसायीलाई व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ गरिएको छ । सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहालले उक्त योजनाको उद्घाटन गरेका हुन् ।

वैदेशिक रोजगार र स्वरोजगारका मानिसहरूलाई सामाजिक सुरक्षामा जोड्न यो बेवस्नेथा गरिएको हो । नेपालभर ७० देखि ८० लाख श्रमिक छन् ।
सामाजिक सुरक्षा कोषले ४ वर्षमा झन्डै ७ लाख औपचारिक तथा वैदेशिक रोजगारीमा गएकाहरुले समाजिक सुरक्षामा आबद्ध भइसकेका छन् ।
चैतयता मात्र २ लाख ८० हजार वैदेशिक रोजगारीमा गएका सामाजिक सुरक्षा कोषमा आएका छन् ।

३ वर्षअघि नै फेदीखोला गाउँपालिकामा स्वरोजगारीमा आबद्ध भएकाहरूलाई १५ प्रतिशत श्रमिक र १५ प्रतिशत पालिकाले थप्ने गरी लागू गरिएको थियो ।
यस्तै भीमफेदी गाउँपालिका, ताराखोला गाउँपालिका, बर्दियाको बसघौं, बुढानिलकण्ठ लगायतका स्थानमा समेत यो योजना लागू गर्ने तयारी भइरहेको सामाजिक कोषका अध्यक्ष रोशन कोजुले बताए ।

योजनाका फाइदाहरु
यस योजनामा दर्ता हुने श्रमिकले वार्षिक १ लाख रुपैयाँ बराबरको औषधि उपचार खच पाउने छ । यस्तै दुर्घटनामा परे ७ लाख रुपैयाँ बराबरको उपचार खर्च व्यवस्था गरेको छ ।

अशक्त हुँदा ९ हजार तलबको ६० प्रतिशत जीवन भरी भत्ता पाउने व्यवस्था छ । श्रमिक मृत्यु भएमा परिवारले ४० प्रतिशत रकम पाउँने छ।
यस्तै ६० वर्ष पुग्दा वार्षिक १४ हजार पेन्सन दिने व्यवस्था छ ।

७ लाखले हालसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेका छन ।

हाल सामाजिक सुरक्षा कोषमा स्वरोजगार तरफ कृषि, यातायात, घरेलु र निर्माणमा आबद्ध भएकाहरूले यसमा सूचीकरण हुन पाउने छन ।

एफएमसीसीईका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ सामाजिक सुरक्षा कोष विकाशमा पनि लागू गर्दै जानु पर्ने बताए । उनेल यो राम्रो सुरुवात भएको भन्दै यस्तै तिब्रताका साथमा आफ्नो पनि लगानी हुने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*