नेपाल टेलिकमको मुनाफा घट्यो, प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा

३१ श्रावण २०८०, बुधबार १२:५३

काठमाडौं । नेपाल टेलिकमले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७।८७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड७ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

टेलिकमको सेवा व्यापारबाट हुने आय अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवमा घटेको छ । अघिल्लो आवको असार मसान्तसम्म ३७ अर्ब ९१ करोड ९७ लाख ८७ हजार रुपैयाँ रहेकामा गत आवको सोही अवधिमा ३६ अर्ब ८० करोड ३९ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी २९ करोड ९२ लाख १९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५४ करोड ७४ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

१८ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख ९३ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ २७ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*