चितवनमा ८ सवारी साधन एकैपटक दुर्घटना, २० जना घाइते

३१ श्रावण २०८०, बुधबार १५:३८

काठमाडौं । चितवनको महेन्द्र राजमार्गअन्तर्गत भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा एकैपटक ८ सवारी साधन ठोक्किएर दुर्घटनामा परेका छन् ।

भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले विपरीत दिशाबाट देवघाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेको बलेरो, बा.प्र.०६–००१प ९९८१, बा.प्र.०३–००५ प ९७, ना ६२ प ६०३२, बा.प्र.०३–००१ प ४१४७ नम्बरका मोटरसाइकल र बा.प्र.०६–००१प २२९४ र ब.प्र.०३–००२प ४१९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परी २० जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि अस्ताल पठाइएको छ । घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार कार्य गरिरहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*