घुस रकमसहित लेखापाल यादव र एमआईएस अपरेटर अख्तियारको नियन्त्रणमा
३१ श्रावण २०८०, बुधबार १७:५६

काठमाडौं । अख्तियार आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, विष्णुपुरमा कार्यरत लेखापाल टेक नारायण यादव र अपरेटर विरेन्द्र कुमार यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
लेखापाल टेक नारायण यादव ले सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग घुस–रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले वीरेन्द्र कुमार यादवको साथबाट २ लाख नगद र लेखापाल टेकनारायणको साथबाट ३ लाख बराबरको चेक बरामद गरेको छ ।
उनीहरुलाई उक्त रकम र तीन लाख रुपैयाँको चेकसहित जिल्ला सप्तरीकै राजविराज नगरपालिका, त्रिभुवनचोकबाट नियन्त्रणमा लिएको हो । अख्तियारले अहिले दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।












