अर्थमन्त्री प्रकाशशरण महतको आधिकारिक फेसबुक पेज ह्याक, भियतनामीको नियन्त्रणमा

३१ श्रावण २०८०, बुधबार १९:०५

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतको आधिकारिक फेसबुक पेज भियतनामीको नियन्त्रणमा पुगेको छ।

पेज ट्रान्सपरेन्सीमा गएर हेर्दा भियतनामबाट ४ वटा फेसबुक आइडीले पेज ह्याण्डील गरेको देखिन्छ। पेजमा जुलाई १७ मा अर्थमन्त्रीले गरेको अपडेट छ।

एक महिनादेखि मन्त्रीको सूचना प्रविधि टिम ह्याक भएको पेज आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्। तर सफल भएका छैनन्।

टिमले नेपाल प्रहरीको साइबर ब्युरोको समेत सहयोग लिए पनि फेसबुक पेज पूर्ण रूपमा नफर्किएको देखिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*